प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै रहने नेकपाको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  646 पटक हेरिएको

काठमाडौं, पुस १३ ।

प्रदेश ३ को नाम वाग्मती  र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ ।मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताउदै आएको थियो ।आज आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको नेताहरूले जानकारी गराएको हो ।

प्रदेश ३ सरकारका एक मन्त्रीले पनि प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त भएको बताएका छन ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन । पूर्व माओबादीहरू जातीय बाहुल्यताको आधारमा प्रदेश नामकरण गर्नु पर्ने माग राखदै आएको थियो । पछिल्लो समय प्रदेश ३ का सभासद तथा मन्त्रि मुख्यमन्त्रिहरुको दबाव पछी प्रदेशको राजधानी र नामको टुंगो लगाएको हो ।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।

राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार