न्यूयोर्क,पुस १३ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२० का लागि राष्ट्र संघको बजेट करिब ३ अर्ब डलर (नेपाली करिब ३ खर्ब ५१ अर्ब रुपैयाँ ) डलर स्वीकृत गरेको छ । यो बजेट राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले अनुरोध गरे भन्दा ८ मिलियन डलर बढी हो ।
सन् १९७३ पछि राष्ट्र संघको बजेट दुईवर्षका लागि तय गरिँदै आएकोमा यसपालि भने वार्षिक बजेट स्वीकृत गरिएको युएन न्यूजले जनाएको छ । महासभाको फिफथ कमिटीले राष्ट्र संघको प्रशासन र बजेट सम्बन्धी मामिला हेर्दै आएको छ ।
UN एक अन्तराष्ट्रिय संगठन हो, जसको उद्देश्य अन्तराष्ट्रिय कानुनको अन्तराष्ट्रिय मान्यता दिनु सरलीकरण गर्नु, अन्तराष्ट्रिय सुरक्षा हेर्नु, आर्थिक विकास, सामाजिक प्रगति, मानव अधिकार तथा विश्व शान्तिको लागि काम गर्दै आएको छ हाल निर्माण गरेको बजेट पनि यसैमा खर्च गर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघको स्थापना २४ अक्टूबर १९४५ को संयुक्त राष्ट्रसंघ अधिकारपत्रमा ५० राष्ट्रले हस्ताक्षर गरेर यसको स्थापना गरिएको हो । (एजेन्सी)