रानाभाट बचाउ अभियानमा आर्थिक दुरुपयोगको आशंका, आर्थिक बिबरण सार्वजनिक गर्न दबाब

  सन्तमान शाक्य, प्रधान सम्पादक प्रकाशित:  1508 पटक हेरिएको

काठमाडौं, पुस १३ ।

यौन दुव्र्यवहारको आरोपमा एकजना भारतीय नागरिकलाई टाउकोमा रड प्रहार गरेर हत्या गरेको आरोपमा कतारमा तीन वर्ष जेल जीवन बिताएका विनोद रानाभाटलाई अन्तमा कतार सरकारले फँसी दिने सजाए सुनाएको हल्ला चल्यो । कतारमा फाँसीको सजाय दिने हल्लासँगै ब्लड मनीका लागि ८२ लाख रुपैयाँ संकलन गर्न सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग संकलन सुरु भयो । बिश्व भरी छरिएर रहेका नेपालीहरुले खुल्ला दिलका साथ रकम सहयोग गर्यो । बिश्व भरी छरिएर रहेका नेपालीको सहयोगमा ब्लडमनीका लागि १ करोड २१ लाख रुपैयाँ एक महिना भित्र संकलन भयो ।

सामाजिक संजाल फेसबुकबाट शुरु भएको बिनोद रानाभाट बचाउ अभियान कै क्रममा कतारबाट खुसीको खबर आयो बिना पैसा बिनोद रानाभाट नेपाल फर्कन पाउने भयो । कारण थियो कतार सरकारबाट बिनोद रानाभाटलाई आममाफी दिएको सोही कारण ब्लडमनि नतिरि रानाभाट नेपाल फर्किए ।

बिश्वभरबाट संकलित रकम चितवनमा गठित बिनोद बचाउ अभियानका मुल समितिलाई हस्तारण गरिएको थियो । बिनोद रानाभाट त फर्कियो तर उक्त बिनोद बचाउ अभियानमा उठेको १ करोड २१ लाख बराबरको रकम कहाँ कसरी ब्यबस्थापन गर्ने भन्ने अन्यौल भयो । केही रकम समितिले नेपालमा रहेका सोही प्रकारका बिरामीलाई दिने निर्णय गर्दै लगभग ४२ लाख रुपैँया बितरण गरियो । बाँकी रहेको ८९ लाख रकमको ब्यबस्थापनमा समितिले आनाकानी गरेको र उक्त रकमको बारेमा अभियान्ता लगायत बिश्वभरीका सहयोग दाताहरुलाई कुनै पनि जानकारी नदिएको, गुपचुप बसेको भनि सामाजिक संजालमा अभियान्ताहरुको चर्को बिरोध शुरु भयो ।

उक्त अभियानका अभियान्ता अर्जुन भुसालले सामाजिक संजाल फेसबुकबाट गरेको लाईभले पनि शंका उब्जाएको भन्दै अभियान्ताहरुले उक्त अभियानमा उठेको रकम र हालसम्म बितरण गरिएको रकमको सम्पूर्ण बिबरण सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गर्न समितिलाई दबाब दिईरहेको छ । तरपनि समिति भने मौन बसेको अभियान्ताहरुबाट धर्की आएको भन्दै बिषयबस्तुलाई अन्यत्र मोड्न खोजिएको देखिन्छ ।

ब्लडमनीका लागि उठेको रकमका विषयमा सहयोग संकलन गर्ने समिति र अभियन्ताबीच नै चर्काचर्की परेको छ । चितवनका विनोद रानाभाट कतारमा जेल परेपछि उठाइएको रकमको पारदर्शीतामा शंका भएको भन्दै अभियन्ताबीच चर्को बिबाद परेको हो । यूकेबाट सामाजिक अभियान्ता तथा बिनोद बचाउ अभियानको एक प्रमुख अभियान्ता ईशा गुरुङ्गले पनि समिति प्रति शंका रहेको र तत्काल बिबरण सार्वजनिक नगरे कानुनि कारबाहीमा जानुपर्ने भन्दै सामाजिक संजाल फेसबुकमा लेखेकि छिन ।

इशा गुरुङ लेख्छिन्,

नेपालका हरेक अभियानमा एक्यबद्धता जनाउदै जापानबाट बिनोद बचाउ अभियानको नेतृत्व गर्दै सक्रिय अभियानमा लागेका ज्वाला संग्रौलाले पनि समितिलाई तत्काल बैंक ईस्टेटमेन्ट सहितको सम्पुर्ण बिबरण सार्बजनिक गर्न भन्दै सामाजिक संजाल फेसबुकमा कडा स्टाटस लेखेकि छिन ।

ज्वाला संग्रौलाको फेसबुक स्टाटस

त्यस्तै सामाजिक सञ्जालमा विनोद रानाभाट बचाऊ अभियानमा सहभागि भएका अभियान्ता तथा पत्रकार मनोज भट्टराईले लेखेका छन्, “विनोद रानाभाट बचाउ अभियानलाई पोर्तुगलबाट उठाएको रकम फिर्ता लिने र जरुरत ठाउँमा वा व्यक्तिलाई दिने निर्णय गरेका छौँ । किनभने त्यो उठाएको रकम दुरुपयोग नहोस, कठालो समातेर फिर्ता गराइन्छ।”

अभियानको पैसा राखेका अर्जुन भुषालले भने उक्त रकम महावीर पुनको आविस्कार केन्द्र, धुर्मुस सुन्तली फाउण्डेसन वा अन्य पीडितलाई दिन सकिने तर्क गरेका छन् । सहयोग गर्नेहरुले भने उक्त रकम वैदेशिक रोजगारीमा पीडित बनेकालाई दिनुपर्ने तर्क गरेका छन् ।

यस अघि पनि रानाभाट बचाऊ अभियान जस्तै घटना भएको थियो । २०६८ सालमा अबुधावी पुगेका अनिश खालिङ राईको जीवन बचाउन भन्दै यस्तै अभियान सञ्चालन गरिएको थियो । मृत्युदण्डको सजाय सुनाइएका राईलाई बचाउन करोड भन्दा धेरै रकम संकलन भएको थियो । ८१ लाख रुपैयाँ ब्लडमनी भने युएइ सरकारले माफी गरिदिएको थियो । सो रकमको पनि हालसम्म अन्तिम हिसाबकिताब भएको छैन ।

नेपालीहरुले समस्या परेको नेपालीको उद्धारको लागि बारम्बार सामाजिक संजालबाट सहयोग संकलन अभियान संचालन गर्दै आएको छ । कति अभियानहरु सफल पनि भए तर ठुलो रासीको अभियानमा भने हालसम्म पारदर्शि तबरबाट संकलित रकमको हिसाबकिताब नभएको पाईन्छ । यस्तै समस्या देखिएको छ बिनोद रानाभाट बचाउ अभियानमा पनि । यस्ता अभियानलाई कसरी ब्यबस्थित र पारदर्शि गर्ने सो सम्बन्धमा सरकार र सम्बन्धित सबैको ध्यान जान जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार