पाटनमा आइरन निकाल्न विर्सदा आगलागी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  602 पटक हेरिएको

पाटन , पुष १३ । 

ललितपुरको पाटनमा आइतबार राती एक टेलरमा कपडामा आइरन गलाएर निकाल्न विर्सदा आगागी भएको छ । ललितपुर महानगरपालिका १० ज्वागलस्थित टेलर संचालक ललितपुर बस्ने ३२ वर्षीय नवाज सरीफले आइरन जोडी सटर बन्द गरी गएकोले आइतबार राति आगलागी भई पसलभित्र रहेका सामानहरु जलेर नष्ट भएको छ ।

पसलमा आगोलाग्दा करिब ७ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ । राती नै स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार