चिनियाँ टोली र नेकपा अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटवार्ता जारी

  भिजन अनलाईन न्यूज प्रकाशित:  429 पटक हेरिएको

काठमाडौं,पुस१३।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले राजनीतिक भेटवार्ता जारी राखेको छ । यसैक्रममा अहिले टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरिरहेको छ ।
प्रचण्डलाई भेट्न चिनियाँ टोली उनैकै निवास खुमलटार पुगेको हो ।
खुमलटारमा अहिले चिनियाँ टोली र प्रचण्डबीच भेटवार्ता जारी रहेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।

सो टोलीले आजै नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

यसअघि आइतवार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार