(रुस युक्रेन युद्ध) युक्रेन आक्रमणमा परि रुसका दई युद्धपोत क्षतिग्रस्त

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  175 पटक हेरिएको

रुस, पुस, १२ ।

रुस युक्रेन युद्धमा युक्रेनले गरेको आक्रमणमा परी रुसका दुई युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त भएको छ । रुसले २०१४ मा कब्जा गरेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा रहेको युद्धपोतमा युक्रेनको हवाई आक्रमण गरी क्षतिग्रस्त भएको रुसी संचार माध्यमले जनाएको छ । आक्रमण बुधबार बेलुकि ६ बजेको समयमा भएको र सो आक्रमणबाट आफ्नो युद्धपोतमा क्षति पुगेको रुसले जनाएको छ ।

यो आक्रमणमा परेर एक व्यक्तिको मृत्यु भएको क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभले बताएका छन् । तर युक्रेनले भने युद्धपोत ध्वस्त भएको दाबी गर्दै आएको छ । उनका अनुसार आक्रमणमा छवटा भवनमा क्षति पुगेको छ र केही मानिसहरूलाई अस्थायी आवास केन्द्रमा लैजानुपरेको थियो । बन्दरगाह क्षेत्रमा ठूलो विस्फोट भएको भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । युक्रेनद्धारा आक्रमणमा परेको रुसी युद्धपोतमा ईरानबाट आयातित ड्रोन लगायतका आबश्यक हतियार क्रिमिया लैजादै गर्दा आक्रमण भएको जनाएको छ । एक वटा ल्याण्डिङ्ग पानी जहाज र अर्को युद्धपोत रहेको पनि बिबिसिले जनाएको छ । ल्याण्डिङ्ग पानी जहाजमा भने ठुलो क्षति पुगेको पनि जनाएको छ भने युद्धपोतमा आंशिक क्षति पुगेको संचारमाध्यमहरुले जनाएको छ ।

पछिल्लो समय रुस युक्रेन बिचको लडाई भिषण हुदै गई रहेको छ । पश्चिमा देश तथा नाटो देशहरुको समर्थन पाएको युक्रेनले पश्चिमा देशहरुले दिएको हतियारका साथ साथै एफ १६ फाईटर प्लेनको सहायतामा पछिल्लो समय रुसलाई ठुलो क्षति पुर्याउदै आएको छ । तर ईजरायल र गाँजा बिचको युद्धले गर्दा हतियार आपुर्तिमा कमि आएसँगै युक्रेन हारको संघारमा पुगेको आकलन गर्दै आईरहेको छ । रुस जस्तो बिशाल सेना तथा आणबिक शक्ति राष्ट्रसँग १ बर्ष लामो युद्ध लड्दै आएको युक्रेनको २५ प्रतिशत भूभाग हाल रुसले कब्जा गरिसकेको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस । 

किम जोङ्ग उनको रसिया भ्रमणले जी-२० सम्मेल ओझेलमा, रुस र उत्तर कोरिया बिच परमाणु सम्झौता समेत हुने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार