सागमा पदक विजेता र सहभागि खेलाडीलाई धादिङबेसीमा सम्मान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1033 पटक हेरिएको

धादिङ, पुस ११ ।

धादिङ जिल्लाबाट १३ औं दक्षिण एसियाली खेलकुद ९ साग मा पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति धादिङले शुक्रबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले सम्मान गरेका हुन् ।

धादिङ जिल्लाबाट ११ जना खेलाडीहरु सहभागी मध्ये तीन जनाले स्वर्ण, तीन जनाले रजत र तीन जनाले कास्यपदक जितेका थिए । विजेता खेलाडीहरुले जिल्लाको मात्र नभई राष्ट्रकै गौरव बढाउन सफल भएको भन्दै खेलाडीको सम्मान गरिएको राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङले बताए ।

यी हुन् धादिङमा सम्मानित भएका सागमा सहभागी खेलाडीहरु

स्वर्ण पदक विजेता
१. सन्तोषी श्रेष्ठ, १० हजार मिटर दौडमा, ज्वालामुखी गाउँपालिका
२. सोनी गुरुङ, ट्रायथोलनमा सिद्धलेक गाउँपालिका
३. सञ्जिला तिमल्सिना, पुन्से (१७ देखि २३ वर्षको उमेर समुहमा), त्रिपुरासुन्दरी गाउँपालिका

रजत पदक विजेता
१. आशिष दुवाडी, बक्सिङ (९१ केजी तौल समुह सुपर हेभी), ज्वालामुखि गाउँपालिका
२. गणेश प्रधान, बक्सिङ (८१ केजी तौल समुह लाईट हेभी), नेत्रावती डब्जोङ गाउँपालिका
३. लक्ष्मण मल्ल, ट्रायथोलन अन्तरगत दुवाथोलन, गल्छी गाउँपालिका

कास्य पदक विजेता
१. दिपक अधिकारी, १० हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
२. हरि रिमाल, ५ हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
३. पवन श्रेष्ठ, जुडो तर्फ त्रिपुरासुन्दरी गाउँपालिका

सहभागी
१. दिपक श्रेष्ठ, बक्सिङ, गंगाजमुना गाउँपालिका
२. शरण सामरी, भलिबल, ज्वालामुखी गाउँपालिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार