गैर आवासिय नेपाली संघ मकाउको १२ औँ बार्षिक उत्सब सम्पन्न, बिषेश सहयोग गर्ने सहयोगीदाताहरुलाई बिशेष सम्मान

  भिजन अनलाईन न्युज प्रकाशित:  104 पटक हेरिएको

मकाउ, पौष १२  ।


गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति मकाउको १२ औँ बार्षिक उत्सब भब्यताका साथ सम्पन्न भएको छ । आज एक बिषेश कार्यक्रमका साथ ८८४८ नेपाली रेष्टुरेन्टमा गैर आवासिय नेपाली संघ मकाउको १२ औँ बार्षिक उत्सब सम्पन्न भएको गैर आवासिय नेपाली सँघ मकाउका युवा संयोजक धिरेन सिटौलाले टेलिफोन संबादमा भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । सो अबसरमा नेपाली समुदायका लागि बिषेश सहयोग गर्ने सहयोगीदाताहरुलाई बिशेष सम्मान पनि गरिएको जनाएको छ ।

उक्त कार्यक्रममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्तले पनि गैर आवासिय नेपाली संघले बिभिन्न परियोजनाहरु सम्पन्न गरिसकेको र आगामी दिनमा पनि बिभिन्न कार्ययोजनाहरु सार्वजनिक गर्दै गर्दा कोभिड–१९ का कारण बिभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्नुपर्ने अबस्थाको सृजना भयो । खर्चको अभाबमा बिभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारको लागि गैर आवासिय नेपाली संघले १० करोड रुपैँया संकलन गरेर उहाँहरुको उद्धारमा लागेको पनि जानकारी गराउनु भयो ।

गैर आवासिय नेपाली संद्धको नेतृत्वमा १० अर्ब रुपैँयाको बिषेश परियोजनाको पनि कार्ययोजना बनाईरहेको र त्यसको लागि सियर निष्काशन गर्ने आन्तरिक तयारी पनि भईरहेको पनि उक्त कार्यक्रममा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा नेपाली महाबाणिज्य दुताबास मकाउका बाणिज्य दुतले पनि कार्यक्रममा सफलताको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार