लिगमा आर्मीको दोस्रो जित, हिमालयन शेर्पा २–० ले हारे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  624 पटक हेरिएको

काठमाडौं, पुस ११ ।

त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। शुक्रवार सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० ले पाखा लगाउँदै जित निकालेको हो।

जितसँगै आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो। आर्मीको जितमा कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले गोल गरे। खेलको म्यान अफ दि म्याच भरत खवास बने।

दोस्रो हाफमा शेर्पाले १२ खेलाडी मैदानमा उतारेपछि खेल केहीवेर अवरुद्व भएको थियो । शेर्पाका विसन गुरुङ सब्सिच्युटविनै मैदान प्रवेश गरेपछि खेल केहि समय अबरुद्ध हुन पुगेको थियो । ५४औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । डिफेन्डर आशिष गुरुङलाई बिट गर्दै गोलकिपर किशोर गिरी अघि बढेको अवस्थामा भरतको चिप भली प्रहार गोलमा परिणत भएको थियो ।

५७ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । डिफेन्डर अलरिच सिवेले राम्रो सँग क्लियर गर्न नसकेको बललाई टेक बहादुरले गोल गर्न सफल भएका थिए । लगत्तै दिनेश हेन्जनको क्रस पासमा भरतको प्रहार डिफेन्डर निरज बस्नेतले गोललाईन नजिकबाट क्लियर गरिदिएको थियो।

आजै दिउँसो ३ बजे दशरथ रंगशालामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार