

काठमाडौं, पुस ११ ।

संघीय संसद् प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस सूचना टाँस गरेर स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद्को महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँस गर्दै बैठक स्थगित गरेको जानकारी गरेको हो ।
पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवस बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा ९४० बमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यूले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नु भएको व्यहोरा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ भन्दै सुचना टाँसेर आजको संसद बैठक स्थगित गरेको छ ।

