काजकस्तान हवाई दुर्घटनामा मर्नेको संख्या १४ पुग्यो, दुर्घटनाको जाँच गर्न कार्यदल गठन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  616 पटक हेरिएको

काजकस्तान, पुस ११ ।

काजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुगेकाे छ । अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको थियाे । हवाई जहाजमा ९८ जना यात्रु र चालक दलका सदस्य  रहेको अधिकारीहरुले बताएका छन् ।

दुर्घटनामा आठ जना बालबालिकासहित ३५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारकाे लागि स्थानीय अस्पतालमा लगिएकाे छ ।   अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।  

हवाई जहाजमा आगाे लागेकाे कुनै समाचार प्राप्त भएकाे छैन । हवाई जहाज स्थानीय समयअनुसार बिहान ७:२२ मा दुर्घटना भएकाे थियाे ।  अधिकारीहरुका अनुसार हवाई जहाज दुर्घटनाकाे जाँच गर्न एउटा कार्यदल गठन गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार