

जापान, पुस ११ ।

जापानले पछिल्लो एक दशकमा पहिलोपटक एक विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । उच्च पदस्थ व्यक्ति सहित उनको परिवारका ४ सदस्यको निर्ममतापूर्वक हत्या गर्ने चिनियाँ नागरिक वेई वेईलाई मृत्युदण्डको सजाय दिइएको जापान सरकारले जनाएको छ ।
सन् २००३ मा व्यवसायी शिन्जरो मत्सुमोतोको घरमा चोरी गर्ने क्रममा वेई वेई र उनका २ साथीले शिन्जरो, उनकी श्रीमती र दुई छोरा छोरीको हत्या गरेका थिए । हत्या लगत्तै उनीहरु चीन उडेका थिए । तीमध्ये एक जनालाई सन् २००५ मा चीनमै मृत्युदण्ड दिइएको थियो भने अर्काले आजिवन कारावासको सजाय भोगिरहेका छन् ।

जापानकी कानून मन्त्री मसाको मोरीले मृत्युदण्ड दिने सम्बन्धी कागजातमा हस्ताक्षर गर्दै सो घटनाको सावधानीपूर्वक अध्ययनपछि बेई बेइलाई मृत्युदण्ड दिनका लागि अनुमति प्रदान गरिएको बताउनुभयो ।
जापानमा मृत्युदण्डको सजाय सुनाइएकाको सूचीमा अहिले १ सय बढी छन् । गत वर्ष मात्र १५ जनालाई मृत्युदण्ड दिइएको जापान समाचार माध्यमले जनाएको छ ।

