माओबादी केन्द्रको आठौ महाधिबेशन शुरू हुदै, उद्घाटन समारोहमा एमाले अध्यक्ष ओलि नआउने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  490 पटक हेरिएको

काठमांडौ, पुस ११ ।

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरू हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा दिउँसो तीन बजे महाधिवेशन उद्‌घाटन हुने कार्यक्रम छ। यसअघि माओवादीले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन भन्दै सम्पूर्ण तयारी गरेको थियो। यसका लागि उद्‌घाटन समारोहस्थल, सडक किनारलगायत अधिकांश स्थानमा राष्ट्रिय सम्मेलनका ब्यानर टाँगिएका थिए।

शनिबार साँझ एकाएक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेसँगै राष्ट्रिय सम्मेलन लेखिएका ब्यानर हटाएर आठौ  राष्ट्रिय महाधिवेशन लेखिएको ब्यानर राख्न अहिले भ्याइनभ्याई छ। प्रज्ञा भवन परिसरमा ‘आठौं राष्ट्रिय महाधिवेशन’ लेखिएको ब्यानर राखिसकिएको छ।

महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनको कार्ड वितरण गरिसकिएको थियो। त्यसलाई पनि परिवर्तन गरेर नयाँ कार्ड बाँडिएको छ। एकाएक राष्ट्रीय सम्मेलनलाई महाधिबेशनमा रूपान्तरण गरेसंगै कार्यक्रमको औपचारिक उदघाटन २ घण्टा ढिलो गरी शुरू गर्ने तयारी रहेको बताईएको छ । नेकपा माओबादी केन्द्रको आठौ महाधिबेशनको औपचारिक उदघाटन समारोहमा बिभिन्न राजनितिक दलका। नेताहरूको सहभागी रहने भएको छ । तर उक्त महाधिबेशन उदघाटन समारोहमा नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलिको भने उपस्थिति नरहने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार