एनआरएनए जापानको जुन २०२२ सम्म पुन निर्वाचन गराऊने निर्णयको उम्मेद्वारहरूको समिति संयोजक डा.बलराम श्रेष्ठद्वारा स्वागत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  655 पटक हेरिएको

जापान, पुस ११ ।

एनआरएनए जापानका २०१९-२०२१ कार्यसमितिका का.बा अध्यक्ष अनिता गुरुङले २०१९-२०२१ कार्यसमितिलाई सक्रिय बनाई एनआरएन जापानको निर्वाचनमा देखिएको समस्या समाधान गर्दै आगामी जुनसम्म पुन निर्वाचन गराउने निर्णयलाई डा.बलराम श्रेष्ठ लगायतले स्वागत गरेको छ । आज एक बिज्ञप्ति जारी गरी उक्त कुराको जानकारी गराएका हुन । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सदस्यका उम्मेद्वार समेत रहेका श्रेष्ठले बिज्ञप्तिमा उल्लेख गरे अनुसार “एन आर एन ए जापान २०१९-२०२१ ले २०२१ जुलाई ३० को निर्बाचनलाई रद्द गरी नया निष्पक्ष निर्बाचन गर्न मिति २०२२ जुन सम्म गर्ने र उक्त समय सम्म एन आर एन एन जापान २०१९-२०२३ कार्यसमितिको रुपमा   कार्य सम्पादन गर्ने निर्णयको यस समिति हार्दिक स्वागत गर्दछ” 

एम आइ एस सिस्टमको चरम दुरुपयोग, बिधार्थी भाई बहिनिहरुको नाम मतदाता नामावलीमा संलग्न गरेर दुरुपयोग, भारतको उडिसाबाट मतदान गरेर दुरुपयोग, जापनामा निर्बाचन हुने तर नेपालको साइबर क्याफेबाट मतदान गरेर दुरुपयोग, १७०० मतदाताको इमेल चोरी गरेर सो मतको दुरुपयोग, मतदाताको व्यक्तिगत इमेल उसको स्वीकृति नलिकन परिबर्तन गरेर साईबर कानुन बिपरित गैर कानुनी कार्य गरि साइबर अपराध गरेर सस्था हत्याउन खोजिएको, अन्तर्राष्ट्रिय समन्वय समितिबाट गठित छानबिन समितिको धाधली र गैर कानुनी रुपमा निर्बाचन गरेकोले निर्बाचन रद्द गरिनु पर्ने प्रतिबेदन, तात्कालिन समयको अन्तर्राष्ट्रिय समन्वयन परिषदको अध्यक्ष कुमार पन्तले बारम्बार जापानको निर्बाचन पुन गराउन प्रतिबद्ता जाहेर गर्नु भए पनि धिन्याई गरेर आई सिसिको निर्बाचन समेतलाई असर पर्न गई आई सिसिको निर्बाचन रोकिएको परिप्रेक्ष्यमा साथै जापानको समस्यालाई समाधान गर्न सबै क्षेत्रको जिम्मेवार व्यक्तिहरु सकारात्मक हुदाहुदै केहि व्यक्तिहरुले समाजमा विभाजन ल्याउन र सस्था लाई कमजोर बनाउन अबैध क्रियाकलाप गर्दै आई रहेको अबस्थामा एन आर एन ए जापान २०१९-२०२३ को कार्यसमिति ले निष्पक्ष निर्बाचन गराउने र जापान बासि नेपाली समाजको दुख कस्टलाई सम्बोधन गरेर एकता कायम गर्ने बक्तब्य आउदा सबै जापान बासि नेपालीलाई खुसि लागेको छ ❘ 

एन आर एन ए जापान २०१९ -२०२३ का.बा, अध्यक्ष अनिता गुरुङ लगायत सम्पूर्ण कार्यसमिति  मित्रहरु जापान एन आर एनलाई सस्थागत बनाई स्वस्थ सफा निष्पक्ष, सबैको एन आर एन ए जापान बनाउन तपाइहरुको अठोट संगसंगै त्याग र क्रियासिलतालाई एक्यबद्धता जनाउदै आउदा दिनहरुमा नेपाली समाजको दुख र समस्या लाई आत्मासाथ गरी काम गर्नु हुने छ भन्ने विश्वास गरेका छौ

डा.बलराम श्रेष्ठ

संयोजक

२०२१ -२०२३  एन आर एन एन जापान उम्मेदवारहरुको समिति 

सम्बन्धित समाचार यो पनि पढ़नुहोस । 

एनआरएनए एनसिसी जापानले गर्यो ९ बूँदे निर्णय, ६ महिनाभित्र निर्वाचनको वातावरण बनाउने निर्णय(निर्णयसहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार