समाजबादी पार्टीले सरकार छाड्यो, सरकारलाई दिएको समर्थन फिर्ता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  780 पटक हेरिएको

काठमाण्डौँ, पुस ०९ ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।  समाजबादी पार्टीले सरकार छाडेको जानकारी गराउदै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकार छाड्नुको कारणबारे पत्रकार मार्फत जनतालाई जानकारी गराएका छन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनका लागि विज्ञहरूको समूह गठन गर्ने र त्यसको सुझावका आधारमा संविधान संशोधन गर्ने प्रस्ताव लगेका थिए।

सो प्रस्ताबलाई प्रधानमन्त्रीद्धारा सिधै अस्वीकार गरिएपछि सरकार छाडेको जानकारी गराएका छन । सरकार गठनताका भएको त्रिपक्षीय सम्झौतालाई समेत हस्ताक्षर कर्ता समेत रहेको प्रधानमन्त्रीद्धारा संबिधान संशोधनको बिषयलाई सिधै अस्वीकार गर्नु प्रधानमन्त्री नै संबिधान संशोधनको बिपक्षमा रहेको महसुस भएकोले सरकार छाडेको अध्यक्ष यादब जानकारी गराएको छ ।

सरकार छाडेमा समाजबाडी पार्टीसँग पार्टी एकीकरण गर्ने जनाएको राजपासँग पार्टी एकीकरण हुने समेत जानकारी गराएको छ । पार्टी एकीकरणको लागि समाजबादी पार्टी तयार रहेकोले पार्टी एकीकरणको प्रकृया अघि बढ्ने समेत जानकारी गराएका छन । सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको र अब संबिधान संशोधनको लागि संसद र सडकबाट संयुक्त दबाब दिने समेत जानकारी गराउनु भयो ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार