सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित, नेपाल अंकतालिकामा शीर्ष स्थानमा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  425 पटक हेरिएको

काठमाडौं, पुस १० । 

बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा साविक विजेता नेपालले बंगलादेशलाई सोझो सेटमा हरायो । एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५-५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेटमा भने बंगलादेशले सुधारिएको खेल खेल्यो ।

यद्यपि नेपालले त्यसपछि बंगलादेशलाई २५-१५, २५-१७ ले हराउँदै खेल सहजै जितेको हो । तीन जितपछि नेपाल अंकतालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो ।

तीन जितपछि नेपालले फाइनल पुग्ने सम्भावना बलियोसमेत बनाएको छ । नेपालले आफ्नो चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार