कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई हेमबहादुर मल्ल सम्मान पुरष्कार सम्मान गरिने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  794 पटक हेरिएको

काठमाण्डौ, पुस ०९ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र  वरिष्ठ आँखा चिकित्सक सन्दुक रुइतलाई  हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानित गरिने भएको छ । 

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुइतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो । साल्ट ट्रेडिङले घिसिङलाई लामो समयदेखि लोडसेडिङकाे समस्यालाई हटाउन योगदान गरेको र रुइतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकाले उक्त पुरष्कार प्रदान गर्न लागिएको जनाएको छ ।

सम्मान प्रदान गर्न गठित उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले घिसिङलाई २०७३ सालको र रुइतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताउनुभयो ।

हेमबहादुर मल्ल सम्मान पुरष्कार २०५९ सालमा स्थापना गरिएको हो । बाग्लुङमा जन्मनुभएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेशन महाप्रबन्धक भएर रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गर्नु भएकोले कर्पोरेशनले उहाँको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो । पुरष्कार २ लाख राशीको रहेको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार