आज क्रिसमस डे क्रिश्चियन धर्मालम्बीलाई बिदा, बिश्व भरी बिबिध कार्यक्रम गरेर मनाउदै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1312 पटक हेरिएको

काठमाडौं, पुस ९ ।

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिएका छन् । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ । अघिल्लो वर्ष नै मन्त्रिपरिषद्ले क्रिसमसमा सम्बन्धित धर्मालम्बीलाई मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यही अनुरूप यस वर्ष सम्बन्धित धर्मालम्बीलाई मात्र बिदा दिइएको छ । यद्यपि, क्रिश्चियन धर्मालम्बीले भने सार्वजनिक बिदाको माग गर्दै आइरहेका छन् ।

ख्रिष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्री लगायतले बजार र ठूला व्यापारिक स्थल सजाइएको छ ।

बिदेशमा क्रिस्मसको तयारी एक महिना अघिबाट

नेपालको तुलनामा बिदेशमा क्रिस्मसको रौनक बिशेष हुन्छ । बिदेशीहरुको लागि क्रिस्ममस सबै भन्दा ठुलो चाड हो । यो चाडलाई एक महिना अघिबाट मनाउने गर्दछ । बिदेशतिर भने एक महिना अघिदेखि बिभिन्न पार्टी तथा कन्सर्ट गरेर मनाउने गर्दछ । भिडियोमा जापानको फुकुओका स्थित हाकाता स्टेशनमा आयोजित क्रिस्मस कार्यक्रमको एक झलक तपाईहरुको लागि ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=jbtupX0iN-Y

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार