नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता पोरखेलको सरुवा, डीआईजी क्षेत्रीलाई दिईयो जिम्मेवारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1146 पटक हेरिएको

काठमाडौं, पुस ८ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूलाई उपलब्ध गराउन क्षेत्रीलाई प्रवक्ता तोकिएको हो ।

यस अघि प्रहरी प्रवक्तामा डीआइजी विश्वराज पोरखेल थिए । पोखरेलको महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा भएपछि रानीपोखरीमा रहेका डीआईजी आईजीपी सचिवालयमा सरुवा भएका थिए । प्रहरी प्रवक्तामा डीआइजी विश्वराज पोरखेलको सरुवा भएपछि खालि रहेको प्रकक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीलाई दिईएको प्रहरी हेडक्वार्टरले संचार माध्यमलाई जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार