संबिधान संसोधन प्रस्ताव अस्वीकार भएपछी समाजवादी पार्टीले सरकार छाड्ने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  619 पटक हेरिएको

काठमांडौ, पुस ८ ।

समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनका लागि विज्ञहरूको समूह गठन गर्ने र त्यसको सुझावका आधारमा संविधान संशोधन गर्ने प्रस्ताव लगेका थिए।

यादवलाई गत मंसिर ४ गते प्रधानमन्त्री ओलीले कानून मन्त्रालयको जिम्मेवारी दिएका हुन्। स्वास्थ्यबाट कानूनमा सरूवा हुँदा यादव भने भारत भ्रमणमा थिए। स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई भने प्रधानमन्त्रीले हटाइदिएका थिए। अर्का नेता इस्तिहाक राईले सम्हालेको सहरी विकास मन्त्रालयमा आफ्ना सांसद रामवीर मानन्धरलाई प्रधानमन्त्रीले राज्यमन्त्री बनाएर पठाएका थिए।

कानुनमा सरूवा भएसँगै पार्टीभित्र पनि यादवलाई सरकारबाट हट्न सुझाव दिइएको थियो। समाजवादी पार्टीको मंसिर ७ गते बसेको पदाधिकारी बैठकले संविधान संशोधनका लागि पहल गर्ने र त्यसपछि प्रक्रिया अघि नबढे सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

प्रधानमन्त्रिले सिधै सम्सोधन प्रस्ताव अस्वीकार गरेपछि बसेको पार्टीको बैठकले सरकार छाड़ने निर्णय गरेको हो मन्त्रि यादवको केहीबेरमै राजीनामा घोषणा गर्ने स्रोतले जनाएको छ । समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार