संसद विघटनको विरोधमा देशब्यापी आन्दोलन गर्ने कांग्रेसको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  757 पटक हेरिएको

काठमाडौं, पुस ८ । 

प्रधानमन्त्रिको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरेपछी नेकपा लगायत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि ओलि प्रति रुष्ट छन । उक्त कदमको प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा नेताहरु रामशरण महत, गगन थापा, आनन्द प्रसाद ढुङ्गाना र बलबहादुर केसीले आफ्नो धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार