प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा प्रचण्ड चयन गर्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  502 पटक हेरिएको

काठमाडौं, पुस ७ ।   

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे ।

प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो । बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी  शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।

प्रधानमन्त्रीविरुद्धको प्रस्ताव पेश मात्रै भएको र थप प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले बुधबार निर्णय नगरिएको गुरुङले जानकारी दिए । यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार