गाडीको ठक्करबाट पशुपति क्याम्पसका बिद्यार्थी घाईते, बिद्यार्थीद्धारा गाडीमा आगजनी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1366 पटक हेरिएको

काठमाडौं, पुस ७।

काठमाडौं स्थित चावहिलको पशुपति क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई आज बिहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए । घाइते पन्तको अहिले उपचार भइरहेको छ ।

ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए । प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड गरेका छन् । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई ठक्कर दिएपछि क्याम्पसका विद्यार्थीहरुले अर्को गाडीमा आगजनी गरेको प्रहरीले जानकारी गराएका छन ।

अहिले आगो पूर्ण नियन्त्रणमा लिइएको छ भने व्यापक प्रहरी परिचालन गरिएको छ । विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् ।

अहिले पनि अवस्था भने तनावग्रस्त छ । प्रहरीले पशुपति क्याम्पस वरपर ठुलाे सँख्यामा प्रहरी परिचालन गरेकाे छ । प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएकाे थियाे । र, साे क्रममा केही विद्यार्थी घाइते भएकाे पशुपति क्याम्पसका विद्यार्थी नेता करूणासागर सिग्देलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार