दैलेखका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही अपहरण मुक्त

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1083 पटक हेरिएको

दैलेख, पुस ६।

नेकपा विप्लव समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीको सशस्त्र प्रहरीले कालीकोटबाट शकुशल उद्दारगरेको छ ।

शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला अज्ञात समूहको अपहरण गरेको थियो । उनीहरूले सोधपुछ गर्नुछ भन्दै शाहीलाई उठाउन खोजे । इलाले शाहीलाई लैजान दिइनन् । लैजाने नै हो भने आफू पनि सँगै जाने बताइन् । दुबै जनालाई लिएर गएको समूहले करिब दुई घन्टा पैदल हिँडेपछि इलालाई जंगलमाछाड्यो ।

छुटेपछि उनले  गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष नर्तमबहादुर बुढा उनलाई उनले खबर गरिन् । बुढाले प्रहरी र स्थानीय प्रशासनलाई घटनाबारे जानकारी गराए । इलाले आफ्ना श्रीमानलाई लिएर हतियारधारी समूह कालिकोटतिर लागेको सूचना प्रहरीलाई दिएकी थिइन् । त्यही सूचना अनुसार शाहीको खोजीमा प्रहरीसँगै सशस्त्र प्रहरीको कालिकोट गुल्मको टोली पनि अपरेशनमा खटियो ।

विप्लव समूहले अपहरण गरेको हुनसक्ने अशंकामा सम्भावित क्षेत्रलाई लक्षित गरेर अपरेशन चलाएको थियो । वडा नं. २ का वडाध्यक्ष रुपालाल विश्वकर्माको टोलीले पनि दैलेख र कालिकोटको सीमा क्षेत्रमा खोजी तीव्र बनाएको थियो ।

साँझ पौने ६ बजेतिर कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्र आसपास सशस्त्र प्रहरीको टोली पुगेको थियो । सुरक्षा सम्बद्ध अधिकृतहरुकाअनुसार विप्लव समूहका व्यक्तिले पनि शाहीलाई त्यही इलाकामा पुर्‍याएका थिए । संयोगवस् विप्लव समूहले शाहीलाई राखिएको घर परिवर्तन गर्न लाग्दा एक महिलाले देखेकी थिइन् र, उनलै सुरक्षा निकायमा खबर गरिन् ।

केहीवेरमै आइपुगेको सशस्त्र प्रहरीको टोलीले घर घेराउ गरेर हवाई फायरिङ गरेको वडा नं. २ का वडाध्यक्ष विश्वकर्माले बताए । उनले भने, ‘त्यसपछि अध्यक्षज्यूलाई छाडेर विप्लव समूहका व्यक्ति भागेका थिए ।’ सशस्त्र प्रहरी बल, कालिकोट गुल्मका प्रमुख दिपेन्द्र कुँवरले पनि घटनाको पुष्टि गरे । विप्लव समूहका केही व्यक्ति जंगलतिर भागेको जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार