नेकपा बिबादमा चीनको चासो, राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगिन् चिनियाँ राजदूत

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1012 पटक हेरिएको

काठमाडौं, पुस ७ । 

नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चीनले चासो देखाएको छ । संसद विघटनपछि उत्पन्न परिस्थिती, प्रधानमन्त्री बिरुद्ध भईरहेको सडक प्रदर्शन र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला चीनले राजदुतमार्फत चासो देखाएको हो ।

यसैक्रममा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न आज शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको स्रोतले बताएको छ ।

एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको बताईएको छ । राजदुत बीचको भेट कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा केन्द्रित रहेको बताएपछि पछिल्लो राजनीतिक परिस्थितीका बारेमा छलफल भएको स्रोत बताउछ ।

यसअघि पनि नेकपाको विवाद भएका बेला राजदुत यान्छिले राजनीतिक भेटघाट गर्ने गरेकी थिईन् । तर अहिले भने संसद विघटन भएर पार्टीमा विभाजन देखिएपछि राष्ट्रपतिलाई भेट्न यान्छि शितलनिवास पुगेकी हुन् । राजदूत यान्छीले नेकपाको यसपटको विवादमा कुनै औपचारिक राजनीतिक भेटवार्ता गरेकी थिईन्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार