कांग्रेसको विवाद समाधान गर्न दुई पक्षीय बिच चाक्सीबारीमा छलफल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  634 पटक हेरिएको

काठमाडौं, पुस, ६ ।

नेपाली कांग्रेसमा चुलिएको पछिल्लो विवाद समाधानको उपाय खोज्‍न नेताहरु फेरि छलफलमा जुटेका छन् । कांग्रेसको आन्तरिक समस्याको समाधान खोज्‍न कांग्रेस नेताहरु फेरि चाक्सीबारीमा छलफलमा जुटेका हुन् । पटक पटकको छलफलबाट पनि सहमति नजुटेपछि आज पुन प्रकाशमान सिंहको निवासमा दुई पक्षीय नेताहरु बिच छलफल भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सुरु भएको छलफलमा उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वार्ताका लागि गठन गरेको कार्यदलका सदस्यहरुबीच छलफल चलिरहेको छ । 

कांग्रेसको विवाद समाधान गर्न चाक्सीबारीमा छलफल

पौडेल समूहले गठन गरेको कार्यदलमा नेता सिंहसँगै केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी सदस्य छन् । उक्त कार्यदल र संस्थापन पक्षबाट सहजीकरण गर्दै आएका उपसभापति निधिबीच गत साता पनि घनिभूत छलफल भएको थियो । 

यद्यपि, छलफल ठोस निष्कर्षमा भने पुग्न सकेको थिएन । पौडेलसँग सहमति नजुटेपछि सभापति शेरबहादुर देउवाले गत शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका लागि स्थगित गरेका थिए । पुस २६ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवशेनको कार्यतालिका ल्याउन सहभापति देउवा सकारात्मक नदेखिएपछि पौडेल समूह बहिष्कारमा उत्रिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार