जापानका मेयर सहितको टोली नीलकण्ठ नगरपालिका भ्रमणमा, नगरपालिकाद्वारा भव्य स्वागत

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  788 पटक हेरिएको

धादिङ, पुस ५ ।

समृद्ध राष्ट्र जापानको यसोहारा नगरपालिकाका मेयर सहितको टोलीले धादिङको नीलकण्ठ नगरपालिकाको भ्रमण गरेका छन । भ्रमणको क्रममा निजलाई नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना , उपमेयर लगायत कर्मचारीहरूले भव्य स्वागत गरीएको थियो। नीलकण्ठ नगरपालिका मेयर, उप–मेयर मनराज भण्डारी, प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौडेल, प्रशासकिय अधिकृत कल्पना शर्मा लगायतको टिमले माला, ढाकाको टोपी र खादा ओढाएर स्वागत गरेका थिए । नीलकण्ठ नगरपालिका र यसोहारा नगरपालिका बीच भगेंनी सम्बन्ध स्थापित गरी विकास साझेदारीबाट धादिङ जिल्ला स्थित नीलकण्ठ नगरपालिकामा आर्थिक तथा भौतिक सहयोग गर्ने उदेश्यले जापनिज टोली नीलकण्ठ नगरपालिका आएको मेयर भिम प्रसाद ढुङगानाले बताएका छन । जापानको यसोहारा नगरपालिकाका नगर प्रमुख HISATO YOSHIDA ले पनि धादिङ नीलकण्ठ नगरपालिकालाई विकासमा सहयोग गर्नको लागि जापानको यसोहारा नगरपालिकाका उत्साहित रहेको बताउनुभयो ।

जापान र नेपालको धार्मिक तथा सांस्कृतिक पक्षहरु मिल्ने र दुई देश बिच Cultural Exchange को माध्यमबाट दुई देशको सम्बन्धलाई अझ ऊचाईमा पुर्याउन पनि सहयोग गर्ने बताउदै जापानको इसोहारा नगरपालिकाका र निलकण्ठ नगरपालिका मिलेर आगामी दिनमा दुई नगरपालिका बिच बिबिध पक्षमा सहकार्य गर्ने सहमति भएको मेयर ढुङगानाले बताउनुभयो । उक्त भेटघाट तथा छलफल कार्यक्रममा जापानीज भ्रमण टोलीमा यसोहारा नगरपालिकाका नगर प्रमुख, KCOCHI UNIVERSITY का TADASHI HARA को सहभागिता रहेको थियो । दुई नगरपालिका बीच विकासमा साझेदारी भएपश्चात नीलकण्ठ नगरपालिकाको विकास र परिवर्तनको लागि पनि जापनिज टोलीको भ्रमण फलदायी रहेको मेयर ढुङ्गानाले बताउनु भयो ।

जापानको यसोहारा नगरपालिकाले नीलकण्ठ नगपालिकाको विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतको क्षेत्रमा काम गर्नको लागि प्रतिबद्ध रहेको यसोहारा नगरपालिकाका नगर प्रमुख HISATO YOSHIDA ले जनाउनु भएको छ। दुई नगरपालिका बिच भावी साझेदारीको बिषयमा छलफल भए पनि कुन कुन बिषयमा सहकार्य गर्ने भन्ने बिषयको टुङ्गो नलागेकोले कुनै सहमतीमा हस्ताक्षर नभएको र छिट्टै बिषयबस्तुको टुङ्गो लगाई दुई पक्षीय बिच सम्झौता हुने मेयर ढुङगानाले बताउनुभयो । जापानीज टोलीले आजनै नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर ८ मा रहेको आधारभुत विद्यालय, निर्माणाधिन भ्युटावर र सडकमा निर्माणाधिन तारजालिको अवलोकन गर्नु भएको थियो ।

नीलकण्ठ नगरपालिका मेयर भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको उक्त दुई देश बिचको नगरपालिकास्तरीय बैठकमा जापानको यसोहारा नगरपालिकाका नगर प्रमुख HISATO YOSHIDA ,नीलकण्ठ नगरपालिका उप–मेयर मनराज भण्डारी, प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौडेल, प्रशासकिय अधिकृत कल्पना शर्मा लगायतको सहभागिता रहेको थियो भने अन्त्यमा जापानीज टोलीलाई उप मेयर भण्डारीले मायाको चिनोको रुपमा बुद्धको मुर्ती हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार