काठमाडौँ, पुष ६ ।
नेकपा भित्र पार्टी र संसदीय दल दुबैतिर बुहमतमा रहेको नेकपाको प्रचण्ड माधव सहुको सांसदहरुको भेलाले संसदको बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गरेको छ । संसद विघटन अस्वीकार्य रहेको भन्दै नेकपाका सांसदहरुले अबिलम्ब संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।
‘नेपालको संविधान बमोजित प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । प्रतिनिधिसभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अगाडि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ । सदनको प्रक्रिया कसरी अगाडि बढाउने सभामुखले निर्णय गर्नसक्ने नेकपा प्रमुख सचेतक देव गुरुङले बताए ।
प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन् । उनीहरुमध्ये ९० जनाले संसदको विरोधमा हस्ताक्षर गरेका छन् । राष्ट्रियसभामा नेकपाका ५० सदस्य छन्, जसमध्ये २४ जना प्रचण्ड–माधव नेपाल समूहले बोलाएको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेका छन् ।