प्रवासी नेपाली एकता मञ्च जापानको नयाँवर्ष शुभकामना कार्यक्रम सम्पन्न

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  414 पटक हेरिएको

टोकियो, जापान, पुस ५ ।

नेकपा एकीकृत समाजवादी पार्टिको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च, जापानले अंग्रेजी नयाँ बर्ष २०२२ को पूर्व सन्ध्यामा शुभकामना आदान-प्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ ।राजधानी टोकियोको ओकुबु स्थित सोलमारी मुरा हलमा आयोजित नयाँ बर्ष शुभकामना तथा चियापान कार्यक्रम प्रवासी नेपाली एकता मञ्च, जापानका उपाध्यक्ष द्रोण सिलवालको स्वागत मन्तब्य सहित सुरुवात भएको थियो ।

मञ्चका अध्यक्ष सागर रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमूख अतिथि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटि सदस्य तथा प्रवास इन्चार्ज श्री प्रसाद शाहले लाइभ भिडियो मार्फत शुभकामना र पार्टीको निती र वीचारका बारेमा बोल्नुभएको थियो । सो अवसरमा जापानमा कृयाशिल एनआरएन जापान लगाएत दर्जन बढी संघ सस्थाका अगुवा तथा प्रतिनिधिहरुले आ-आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

अधिकांश बक्ताहरुले जापानमा रहेका नेपाली समाजको हितलाई केन्द्रमा राखी अहिले सम्म भए गरेका कुराहरुको समिक्षा सहित आगामी दिनमा एकता, आपसी सहयोग र मेलमिलापको सद्भभावलाई अझै जोड दिदै अगाडि बढनु पर्ने बताएका थिए ।

वक्ताको रुपमा नेपाल पर्यटन बोर्डका जापान प्रतिनिधी, पर्यटन दूत राजन कुमार पौडेल, नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व अध्यक्ष तिलक मल्ल, एनआरएन जापानका पूर्व अध्यक्ष ओम गुरूङ ‘अजिब’, नेपाली जनप्रगतिशिल मञ्च जापानका ईञ्चार्ज रामहरी पुडासैनी, जनसंपर्क समिति जापानका महामन्त्री रामजङ्ग कार्की, नेपाली समाज जापानका उपाध्यक्ष प्रकास केसी लगायत बिभिन्न संगठनका अगुका नेताहरुले आआफ्नो वीचार राख्नुभएको थियो ।

अध्यक्ष तथा अतिथीहरुबाट दिप प्रज्वलन गरी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमको सन्चालन प्रवासी नेपाली एकता मञ्च जापानका सचिव तथा कार्यक्रम संयोजक हरि लामिछानेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार