काठमाडौं, पुस ५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् ।
२९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ। तर राष्ट्रपतिले भने हालसम्म संसदबिघटनको अनुमोदन भने गरेका छैनन । राष्ट्रपति नेकपाको स्थायी कमिटिको निर्णयको परखाईमा रहेको बुझीएको छ ।