‘डान्सिङ विथ दि स्टार्स नेपाल’को पहिलो उपाधि सुमी र विजुलाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  135 पटक हेरिएको

 काठमाडौं, पुष ४ ।

विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् ।

उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरे । विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए ।

हिमालय टिभीबाट प्रशारण हुदै आइरहेको डान्स रियालिटी शोमा उत्कृष्ठ तीनमा सुमि मोक्तान र भिजु पार्की (टिम सुभिजु), प्रियाना आचार्य ‘मुन्नी’ र सुभम भुजेल (टिम प्रियम) र बुद्ध लामा र केबिका खत्री (टिम बुद्धिका) विच अन्तिम प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा फष्ट रनरअपको उपाधी टिम बुद्धिकाले पाए भने सेकेण्ड रनरअपको उपाधि भने टिम प्रियम जोडीले हात पार्न सफल भएका छन । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो । उपाधि जितेपछि प्रतिस्पर्धी सुमी मोक्तानले भनिन्–‘जबसम्म मान्छेले सपना पुरा गर्न छाड्दैन, तबसम्म सफलता हात लाग्छ । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को विजेता बनेपछि मेरो करिअर नयाँ तरिकाले सुरु भएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार