नेवारी समुदायको नेवा ख:ल जापानको योमरी पुन्हि भब्यताको साथ सम्पन्न

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  540 पटक हेरिएको

जापान, पुस ४ ।

नेवारी समुदायको बिशेष पर्व नेवा ख:ल जापानको योमरी पुन्हि भब्यताको साथ सम्पन्न भएको छ। नेपाली कला संस्कृतिको जगेर्ना र बिदेशी समुदाय बिच नेवारी भाषा संस्कृतिको माध्यमबाट कल्चरल एक्सचेन्द गर्ने उद्देश्यले नेवारी कला संस्कृति लाखे नाच, धिमी बाजा का साथै नाच गान सहितको प्रर्दसन गरी मनाएको एनआरएनए जापानका महासचिब समेत रहेका सिद्धार्थ श्रेष्ठले जानकारी गराउनु भएको थियो।

उक्त कार्यक्रमको सभापतित्व संस्थाका संयोजक ईन्दिरा राजभन्डारी सुजुकीले गर्नु भएको थियो भने प्रमुख अथिती एनआरएनए जापानको अध्यक्ष शिव प्रसाद पौडेल, बिशेष अथितीहरू ओम गुरूङ, ददिवल खड्का, नर बहादुर थापा, सर्वण सत्याल,मोहन घले,संगिता अधिकारी ट,बुद्धी गौचन सुनिल शाक्य, बाबुराम भन्डारी , हरि सापकोटा र शुस्मा ओमाता लगायत अन्य नेपाली र जापनिज समुदायको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य उपस्थितहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो भने स्वागत मन्तब्य सिद्धार्थ श्रेष्ठ र संचालन राजेन्द्र श्रेष्ठको गर्नु भएको थियो।

कार्यक्रममा कोभिड-१९ बाट देश वा बिदेशमा ज्यान गुमाउनु सम्पुर्ण नेपालीहरूको सम्झनामा १ मिनेट शोक सभा तथा मौन धारण गरिएको थियो भने राष्ट्रीय गानबाट उदघाटन गरिएको थियो। साथै एनआरएनए जापानका नव निर्वाचित सम्पुर्ण टिमलाई पनि बधाई तथा सम्मान गरिएको थियो।

कार्यक्रमका थप फोटोहरू

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार