बार्सिलोना र रियल मड्रिडबीचको ‘एल क्लासिको’ खेल गोलरहित बराबरीमा सकियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  605 पटक हेरिएको

काठमाडौं , पौष ३ ।

सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनका दुई महारथी क्याटलान बार्सिलोना र रियल मड्रिडबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो । स्पानिस ला लिग अन्तर्गत उपाधि होडमा निर्णायक मानिएको सिजनको पहिलो एल क्लासिको खेल बराबरीमा सकिएको छ । बार्सिलोना र रियल मड्रिडबीच भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन् । ७१ औं मिनेटमा रियलका गारेथ बेलले गोल गरे पनि अफसाइड घोषित भएको थियो ।

सन् २००२ यता एल क्लासिकोमा गोल हुन नसकेको यो पहिलो खेल हो ।

ला लिगमा एल क्लासिको खेल बराबरीमा सकिएको यो ३५ औं पटक हो । ला लिगामा कूल १७९ एल क्लासिको खेल हुँदा दुवै क्लबले समान ७२ जित हात पारेका छन् ।

बराबरीपछि अंक तालिकामा बार्सिलोना र रियलले समान एक-एक अंक थपेका छन् । १७ खेलबाट दुवै टोलीको समान ३६ अंक छ । तर गोल अन्तरमा अगाडि रहँदै बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार