कैलालीमा फेरी अर्को एक युवाको घाटी रेटी हत्या, अपराधको दुनियामा कैलाली अग्रस्थानमा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  767 पटक हेरिएको

कैलाली, पुस ४ ।

कैलालीमा अपराधको एउटा घटना सेलाउन नपाउदई अर्को हत्याको घटना सार्वजनिक भएको छ । दुई समुहबिच सामान्य बिबाद हुदा एकजनाको टाउको काटी टाउको एकातिर र ज्यान अर्को तिर पारेर रूखमा झण्डाएको अबस्थामा फेला पारेको छ । अपराधको दुनियाँमा नं एक कैलाली भन्दै एक ब्यक्तिले सामाजिक संजाल फेसबुकमा ती हत्या गर्नेसंग भएको टेलिफोन कल रेकर्ड सार्वजनिक गरीएको छ । दुई समुहबिच ड्रग्स तथा लेनदेनको बिषयमा सामान्य बिबाद हुदा भएको झडपमा ती ब्यक्तिको हत्या गरीएको टेलिफोन संबादबाट स्पष्ट हुन्छ ।

उक्त झडपमा कैलाली जिल्लाको जानकी गाउँपालिका वडा न ९ को अमरावती स्थित सामुदायिक वन भित्र अमरावती जनता टोलका २५ वर्षिय युवा अर्जुन दासको अज्ञात समुहबाट हत्या गरी रुखमा बाधेर घाटी रेटि हत्याको गरिएको अबस्थामा भेटिएको जनाएको छ । उक्त घटनाको स्थानीय बसिन्दाहरूले घोर भत्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै मृतको आत्माको चिर शान्तिको कामना समेत गरेका छन ।

केही महीना अघिमात्र दुई समुहबिच भएको झडपमा कैलाली लम्कीका भूपेन्द्र बडवालको हत्या भएको थियो । हत्याको अभियोगमा हालसम्म केहीलाई पक्राऊ गरी जेल चलान गरेपनि मुख्य योजनाकार नबिन रावल सहित ७ जना अझै फ्रहार छन ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

कैलाली मडुवाल हत्या प्रकरणमा थप एकजना पक्राउ, अनुसन्धानका लागि सीआईबीको टोली खटाइदै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार