जनजाति महासंघको आयोजनामा राजेश पायल राईको जापान टुर “न्यु ईअर २०२३” सांस्कृतिक कार्यक्रम फुकुओका सोको तयारी तिब्र

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  722 पटक हेरिएको

जापान, पुष ३ ।  

अँग्रेजी नयाँ बर्ष २०२३ को अबसर पारेर नेपाल आदिबादी जनजाति महासंघ जापानको आयोजनामा नेपालका चर्चित कलाकार तथा गायक राजेश पायल राईको उपस्थितिमा जापानको बिभिन्न शहरुहरुमा नयाँ बर्ष २०२३ को कार्यक्रम गरिने भएको छ । राष्ट्रिय आबिष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको नयाँ बर्ष २०२३ , राजेश पायल राईको जापान टुर २०२३ को तयारी तिब्र भईरहेको आयोजक समितिका क्षेत्रिय संयोजक रोषन कुमार राईले भिजन अनलाईन न्युजलाई जानकारी गराउने भयो । हालसम्म जापानको प्रमुख ५ शहर ओकिनावा, फुकुओका, नागोया, चिवा र टोक्योमा क्षेत्रिय कार्यसमितिहरुको समन्वयमा गरिने भएको हो ।

यसै सन्दर्भमा जापानको फुकुओकामा नयाँ बर्ष २०२३ जनवरी ७ तारिक हुने तय भएको छ भने, नागोयामा जनवरी ८ तारिक कार्यक्रम हुने तय भएको छ । राजेश पायल राईको जापान टुर प्रथम सांस्कृतिक कार्यक्रम २०२३ जापानको चिवामा जनवरी १४ तारिक, टोक्योमा १५ तारिक र अन्त्यमा जापानको ओकिनावामा जनवरी १८ तय गरिएको छ । राजेश पायल राईको नयाँ बर्ष सास्कृतिक कार्यक्रम २०२३ को पहिलो सांस्कृतिक कार्यक्रम जापानको फुकुओकाबाट हुने भएकोले नेपाल आदिबासी जनजाति महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिले कार्यक्रम तयारी तिब्र रुपमा अगाडी बढाईरहेको संयोजक रोषन कुमार राईले जानकारी गराउनु भयो ।

नेपाल आदिबासी जनजाति महासंघ जापानको आयोजनामा हुन गईरहेको राजेश पायल राईको जापान टुर कार्यक्रमलाई सफल बनाउनको लागि क्षेत्रिय कार्यसमितिहरुले क्षेत्रमा अबस्थित बिभिन्न क्षेत्रिय संघसंस्थाहरुसँग प्रत्येक्ष समन्वय र सहकार्य गरेर कार्यक्रम गर्ने समेत भएको छ । जापानको फुकुओका सो सफल पार्नको लागि नेपाल आदिबासी जनजाति महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमिति आयोजक रहने र फुकुओकामा अवस्थित अन्य क्षेत्रिय संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, क्षेत्रिय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाईटि, हाम्रो नेपाल हामी नेपाली, नेपाल जापान फ्रण्डसिप लायन्स क्लब फुकुओका, सुदुरपश्चिमेली नेपाली समाज, मोना क्युस्यु, किताक्युस्यु नेप्लिज वेलफियर सोसाईटि, वाजिरो नेप्लिज सर्भिस सोसाइटी र एकल जातिय संस्थाहरु सह–आयोजक रहने ब्यबस्था समेत मिलाईएको जानकारी गराउनु भयो ।

राजेश पायल राईको जापान टुर सांस्कृतिक कार्यक्रममा नेपालबाट भ्वाइस अफ नेपालका चर्चित कलाकारहरु समृद्धि परियार र सबिना योनगाङ्ग लिम्बुको समेत सहभागिता रहने समेत जानकारी गराउने भयो । चर्चित कलाकार गाजेश पायल राईको फ्यान फलोअर अत्यधिक रहेकोले उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहने पनि आयोजक समितिले अपेक्षा सहित सम्पुर्ण फुकुओकाबासी नेपाली दाजु भाई दिदिबहिनि तथा आमाबुबाहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका छन ।

उक्त कार्यक्रमको फुकुओका सो फुकुओकाको हिगासी सिमिन सेन्टर नामिकि हल, चिहाया ४–२१–४५ मा जनवरी ७ तरिक बेलुकि ६ः०० बजेबाट सो शुरु हुने पनि आयोजक समितिले जानकारी गराउनु भएको छ । उक्त कार्यक्रममा सहभागिताको लागि टिकटको ब्बस्था गरिएकोले टिकट नजिकको नेपाली रेष्टुरेष्ट तथा कार्यसमितिका पदाधिकारी, सदस्य मार्फत पनि किन्न सकिेन जानकारी गराउनु भयो । आयोजक समितिले सहभागिताहरुको लागि ३ प्रकारको शुल्क निर्धारण गरिएको छ । सामान्य टिकट शुल्कः–२५००।– डोर सेलः–३०००।– र भिआईपिको लागि:–१०,०००।– जापनिज येन निर्धारण गरिएको समेत जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार