महाकवि देवकोटाको घर सङ्ग्रहालय बनाउन प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  988 पटक हेरिएको

काठमाडौं पुस,२।

‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ ।

विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको उक्त सङ्ग्रहालय निर्माणको काम जग्गाप्राप्तिका कारण ढिलाइ भएको थियो ।

प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार उक्त १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा क्रमशः प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई मालपोत कार्यालय, चारखाल, डिल्लीबजारमा मंसिर २२९ गते २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार