क्यानको कारबाही पछि ज्ञानेन्द्र मल्ल सहितको पत्रकार सम्मेलन, ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् भन्दै सरकारलाई चेतावनी

प्रकाशित:  592 पटक हेरिएको

काठमाडौं, पुस २ ।  

क्यानले नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित चार जनालाई कारबाही गरी कप्तानबाट नै हटाएपछि क्यान र क्रिकेट खेलाडीहरु बिच बिबाद उग्र बनेको छ । हिजो क्यानले एक बिज्ञप्ति सार्वजनिक गर्दै नेपाली क्रिकेट टिमको कप्तानमा सन्दिप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएसँगै क्यान र क्रिकेट टिमबिच बिबाद बढेको हो । सो बिरुद्ध क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरले आफूहरूमाथि कारबाही गर्ने निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गर्दै पत्रका सम्मेलन गरेका छन् ।

शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले अभिभावकीय भूमिका खेल्न र निर्णयलाई पुनर्विचार गर्न क्यानलाई आग्रह गरेका हुन् । उनीहरुले क्रिकेट संघले गरेको ग्रेडिङमा असन्तुष्टि जनाएका थिए । त्यसबारे सञ्चारमाध्यममा दिएको प्रतिक्रियालाई लिएर स्पष्टीकरण सोधेको क्यानले २९ मंसिरमा चार जनालाई कारबाही गरेको थियो । मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै चारै जनालाई २०२२ को ६ महिना सेन्ट्रल कन्ट्याक्टमा नराख्ने निर्णय गरेको थियो ।

कारबाहीमा परेका खेलाडीहरुले भने आफूहरुले ग्रेडिङमा त्रुटि देखेको र त्यसलाई सच्याउन आग्रह गरेको बताएका छन् । त्यसकै आधारमा कारबाही गर्ने क्यानको निर्णयले आफूहरुलाई दुःखी बनाएको उनीहरूले बताएका छन् । ‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो रु,’ उनीहरूले भनेका छन्, ‘आफ्नो हकअधिकारका लागि आवज उठाएकै आधारमा देशका बर्षै खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?’

चार क्रिकेटरले अहिले पनि समस्याको समाधान होस् र खेलका लागि वतावरण बनोस् भन्ने चाहेको बताएका छन् । यसका लागि क्यानले निर्णय पुनर्विचार गर्नुपर्ने भन्दै उनीहरुले भनेका छन्, ‘हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् भन्दै चेतावनी समेत दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार