परवेज मुसर्रफलाई सुनाएको मृत्युदण्डको फैसलाप्रति पाकिस्तानी सेनाले आपत्ति

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1104 पटक हेरिएको

पाकिस्तान, पौष १ ।

 मुसर्रफविरुद्धको मृत्युदण्डको फैसला संविधान विपरीत भएको भन्दै पाकिस्तानी सेनाको आपत्ति 

पाकिस्तानका पूर्वराष्ट्रति जनरल परवेज मुसर्रफलाई सुनाएको मृत्युदण्डको फैसलाप्रति पाकिस्तानी सेनाले आपत्ति जनाएको छ । पूर्व सेना प्रमुखसमेत रहेका मुसर्रफलाई सुनाइएको मृत्युदण्ड पाकिस्तानको संविधान विपरीत भएको पाकिस्तानी सेनाको ठहर छ । 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक विज्ञप्ति जारी गर्दै उक्त फैसलाले पाकिस्तानी सेनाको आत्मसम्मानमा धक्का लागेको र दुखी बनाएको बताएका छन् ।

विज्ञप्तिमार्फत उनले भनेका छन्, “पूर्व सेना प्रमुख र पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफले ४० वर्षसम्म मुलुकको सेना गरेका छन् । जुन व्यक्तिले मुलुकको रक्षाको लडाईं लडे ती व्यक्ति कसरी देशद्रोही हुनसक्छन् ? यस अदालती कारबाहीमा संविधानको उपेक्षा गरिएको छ । यहाँसम्मकी संविधानले आफ्नो बचाउका लागि मुद्दा लड्ने अधिकार दिए  पनि अदालतले उनलाई आफ्नो पक्षमा बचाउ गर्ने मौकासमेत दिएन । बिना ठोस प्रमाण हतारमा उक्त फैसला सुनाइएको छ ।” 

ट्विटर पोस्ट @OfficialDGISPR: Statement on decision by Special court about General Pervez Musharraf, Retired.

गफूरले अदालती फैसला मुलुकको संविधानसम्मत हुनुपर्ने बताएका छन् । 

पाकिस्तानको लाहौर उच्च अदालतले मंगलबार दिउँसो देशद्रोहमा मामिलामा मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको थियो । दुबईमा स्वास्थ्य उपचार गराइरहेका मुशर्रफलाई उच्च अदालतको तीन सदस्यीय बेञ्चले बहुमतबाट मृत्यु दण्डको सजाय सुनाएको हो ।  

केही दिन अघि उनले एक भिडियो सन्देशमार्फत् आफ्‍नो स्वास्थ्य अवस्था खराब रहेको बताउँदै जाँच आयोगलाई दुबई आएर अवस्था बुझ्न आग्रह गरेका थिए । संविधानको अवहेलना र गम्भीर देशद्रोहको मुद्दामा उनले भनेका थिए, “यो मामिला मेरो विचारमा पूर्णतया निराधार हो । देशद्रोहको कुरा छोड्नुस्, मैले त देशको धेरै सेवा गरेको हुँ, युद्ध लडेको हुँ र १० वर्षसम्म देशको सेवा गरेको थिएँ ।”

संविधानको अवहेलनामा अदालतमा आफ्नो सुनवाई नभइरहेको भिडियोमार्फत् उनले दाबीसमेत गरेका थिए । “मेरा वकिल सलमान सफदरलाई न्यायालयले सुनिरहेको छैन । मेरो विचारमा यो अत्यन्तै ज्यादति हो र मलाई न्याय गरिदैँछैन्,” मुशर्रफले भनेका थिए । 

इस्लामावादको विशेष न्यायालयले ३१ मार्च, २०१४ मा देशद्रोहको मामिलामा  पाकिस्तानका पूर्व सैनिकमाण्डर समेत रहेका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो । उनी संविधानको अवहेलनाको मुद्दा चलाइएका पाकिस्तानको इतिहासमै पहिलो व्यक्ति हुन् ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार