
पाकिस्तान, पौष १ ।

कुनै समय पाकिस्तानको शक्तिशाली राष्ट्रपति भएका परवेज मुशर्रफले कहील्यै सोचेका थिए होला त मृत्युदण्डको सजाय पनि भोग्नुपर्छ भनेर ? तर उनको जीवनमा तेस्तई भएको छ । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा उच्च अदालतले मृत्युदण्डको सजाय सुनाइएको छ ।
लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले यो फैसला सुनााएको हो । मुशर्रफ भने हाल उपचारको शिलशिलामा पाकिस्तान बाहिर छ । हाल दुबईमा उनको उपचार भइरहेको छ ।
केही दिनअघि उनले एक भिडियो जारी गर्दै छानविनले आफुलाई अन्याय गरेको र आयोगलाई आफ्नो अवस्था बुझ्न आफू कहाँ आउन समेत आग्रह गरेका थिए ।
आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु भन्दै आफुलाई बचाउ गर्दै आएको छ ।
संविधान उल्लंघनको आरोपमा आफ्ना वकिल सलमान सफदरलाई न्यायालयले नसुनेको उनको गुनासो थियो । ‘मेरो विचारमा यो निकै ज्याजती भइरहेको छ र मलाई न्याय गरिएन,’ मुशर्रफले भिडियो सम्बोधनमा भनेका थिए ।

देशद्रोहीको मुद्दामा मृत्युदण्ड
इस्लामाबादको विशेष न्यायालयले ३१ मार्च २०१४ मा देशद्रोहको एक मुद्दामा पूर्व सैनिक राष्ट्रपति जनरल (रिटायर्ड) परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो ।
उनी संविधानको अवहेलनाको मुद्दा लागेका पाकिस्तानको इतिहास कै पहिलो व्यक्ति हुन् । २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज) सरकारमा आएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।
विशेष अदालतको प्रमुख चार पटक फेरिदा पनि उनको मुद्दामा कुनै न्यायाधीशले महत्व दिएका थिएन र उक्त अबधिमा मुशर्रफ एक पटक मात्र अदालतमा उपस्थित भए, जतिबेला उनीमाथि आरोप लागेको थियो । त्यसपछि कहिल्यै अदालतमा उपस्थित भएनन् ।
सत्तारुढ पार्टी मुस्लिम लिग (नून)ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाए पछी मार्च २०१६ मा स्वास्थ्यको कारण देखाएर उनी विदेश गएका थिए । हाल पनि दुबईमा स्वास्थ्य उपचार गराईरहेका छन ।
मुशर्रफको जीवनको उतारचढाव
मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको शासन सत्ता हातमा लिएका थिए । २००१ को जुनमा सैन्य प्रमुख रहेकै बेला आफैंलाई राष्ट्रपति घोषित गरे ।
२००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराएर उनी थप पाँच वर्षका लागि राष्ट्रपति बने ।
२००७ अक्टोबर-नोभेम्बरमा फेरि राष्ट्रपतिको चुनाव जिते । तर सर्वोच्चमा मुद्दा पर्यो । उनले देशमा संकटकाल लगाए । मुख्य न्यायाधीश इफि्तखार चौधरीलाई हटाएर नयाँ मुख्य न्यायाधीश नियुक्त गरे र चुनावलाई वैधानिकता दिलाए ।
दुई मुख्य सत्तारुढ पार्टीले उनीविरुद्ध महाअभियोग लगाउने सहमति गरेसँगै उनले २००८ अगष्टमा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।
