एसईईको परीक्षा तालिका सार्वजनिक,परीक्षा चैत ६ गतेबाट शुरु(तालिकासहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  585 पटक हेरिएको

काठमाडौं, पुस १ ।

फाईल तस्बिर

२०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डको मिति २०७६।०८।२० को निर्णयानुसार माध्यमिक तह कक्षा १० को परिक्षाको मिति तय गर्दै सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ ।

बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।

एसईईको परीक्षा तालिका हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार