भट्टराईको पार्थिव शरीरमा सञ्चार मन्त्री बाँस्कोटाले नेपालको झण्डा ओढाएर दिए श्रद्धान्जलि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1410 पटक हेरिएको

काठमांडौ, मंसिर ३० ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शनिबार निधन भएका कलाकार दीपक क्षेत्रीको पनि आजै अन्त्येष्टि गरिएको छ।

उनीहरूको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि सोमबार मध्यान्ह १२:३० बजेदेखि १:३० बजेसम्म चलचित्र विकास बोर्डको प्रांगणमा राखिएको थियो। त्यसपछि पशुपतिमा दाहसंस्कार गरिएको हो।

भट्टराईको पार्थिव शरीरलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालको झण्डा ओढाएका थिए।

भट्टराईका १५ वर्षीय छोराले दागबत्ती दिएका थिए।

कला क्षेत्रका दुई हस्ती अस्ताएसँगै कलाकारिता क्षेत्र स्तब्ध भएको छ।  

भट्टराईको आइतबार राति १० बजेर २० मिनेटमा अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको थियो भने क्षेत्रीको शनिबार निधन भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार