बलात्कार आरोपी सिद्धबाबालाई थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको अनुमति

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  628 पटक हेरिएको

विराटनगर, मंसिर, ३० ।

बलात्कारको आरोपमा पक्राउ परेका धरानका सिद्धबाबा भनिने कृष्णराज गिरीलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।सोमबार अदालत उपस्थित गराइएका उनीमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप म्याद माग गरेको थियो । त्यसमा जिल्ला अदालतले ७ दिनको थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

एक भक्तजन महिलाले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले उनलाई १४ दिनअघि पक्राउ गरी अनुसन्धान गरीरहेको छ । पक्राउ परेपछि उनी स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै विराटनगरको विराट नर्सिङ होमको क्याविन नम्बर १४ मा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार