काठमांडौ, मंसिर २९ ।
गैर आवासीय नेपाली संघ आइसीसीको अधिबेशन अनिश्चित बनेको छ । निर्वाचन गराउन लागि परेका संघका अध्यक्ष एकाएक पछी हटेको हो । परराष्ट्र मन्त्रालयको पत्रलाई चुनौती दिदै अदालतबाट परराष्ट्र मन्त्रालयको हस्तक्षेप वा परराष्ट्र मन्त्रालयबाट जारी कुनै पनि पत्र कार्यान्वयन नगर्न नगराउन भनि स्टेअडर लिई निर्वाचनको कार्यतालिका सार्बजनिक गरेका निर्वाचन समिति तथा संघका अध्यक्ष कुमार पन्त एकाएका पछी हटेको हो । एक बिज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली संघको यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको जानकारी गराईएको छ ।
संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरिएको हो । यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले निर्वाचनको लागि आवश्यक मतदाता सूची पूर्ण रुपमा उपलब्ध भइनसकेकाले यसअघि प्रकाशित कार्यतालिका स्थगन गरिएको जनाएको छ ।
त्यस्तै, वर्तमान समस्या समाधानका लागि चार सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । अध्यक्ष कुमार पन्तले विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गर्नु भएको हो ।
अध्यक्ष पन्तद्वारा हस्ताक्षरित पत्रमा विद्यमान समस्या समाधानका लागि छलफल जारी राखेको बताउँदै समिति गठन गरिएको उल्लेख छ । सबै पक्ष सँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न चार सदस्यीय समिति गठन गरिएको पत्रमा उल्लेख छ ।
समितिमा संघका केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरि जोशी र प्रवक्ता डिबी क्षेत्री रहेका छन ।