एनआरएनए जापान र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा बित्तिय जानकारी मूलक कार्यक्रमको आयोजना

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  380 पटक हेरिएको

जापान, मंसिर २९ ।  

गैरआवासीय नेपाली संघ जापान र अर्थमन्त्रालयको संयुक्त प्रयासमा – “वित्तिय जानकारी कार्यक्रम” आयोजना गरिने भएको छ । केही समय अघि मात्र नेपाल सरकार अर्थ मन्त्रालय मार्फत गैर आवासीय नेपालीहरूले नेपालमा डलर खाता खोली रकम सजिलै नेपाल भित्राउन सकिने निर्णय गरेको थियो । उक्त निर्णयले गैर आवासीय नेपालीहरूलाई के लाभ पुग्छ, डलर खाता भनेको के हो, यो कसरी खोल्न सकिन्छ यसको कागजी प्रक्रिया के हो भन्ने बिषय अर्थ मन्त्रि ज्युको प्रमुख आथित्यमा उक्त बित्तिय जानकारी कार्यक्रम आयोजना गरीएको एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा माननीय अर्थ मन्त्रि जनार्दन शर्मा, अर्थ मन्त्रालयका अर्थ बिदहरु, बिभिन्न देशबाट गैर आवासीय नेपालीहरू र पत्रकारहरुको समेत सहभागितामा आयोजना हुने समेत जानकारी गराउनु भयो ।

छलफलका बिषयहरू तल उल्लेख गरीएको छ ।

१. कस्तो छ त, गैरआवासीय नेपालीहरुले, र अन्य लगानी कर्ता हरुले आफु बसेकै मुलुकबाट नेपालको बैंकमा डलर तथा अन्य बैदेसिक मुद्रामा बिषेस सहूलियतमा खाता खोल्ने प्रकृया ?

२. के छ त प्रावधानहरू ?

३. आवश्यक कागजातहरु ?

४. के फाईदा हुन्छ त गैरआवासीय नेपालीहरुलाई ?

प्रमुख अतिथिः माननीय अर्थमन्त्री

बिषेस अतिथी: अर्थमन्त्रालयका अर्थबिध
मितिः २०२१/१२/१८ सनिबार
समयः सम्भाबित १८बजे जापान समय र १४:४५ नेपाल समय
स्थान जुम भर्चुअलबाट हुने जानकारी गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार