संक्रमणको जोखिम बढेपछि जापानभर गो टु ट्राभल अभियान स्थगित गर्ने प्रधानमन्त्री सुगाको घोषणा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  486 पटक हेरिएको

जापान, मंसिर २९ ।   

जापानमा पछिल्लो समय पुन:कोरोना संक्रमणको जोखिम बढेपछि जापानभर गो टु ट्राभल अभियान स्थगित गर्ने प्रधानमन्त्री योशिहिदे सुगाले घोषणा गरेका छन् । जापानका प्रधानमन्त्री सुगाले डिसेम्बर १४ तारिख प्रधानमन्त्री कार्यालयमा बोल्दै देशव्यापी रुपमा गो टु ट्राभलसँग सम्वन्धित सबै कार्यक्रम डिसेम्बर २८ देखी जनवरी ११ सम्म दुईसाताको लागि स्थगित गरिएको घोषणा गरेका हुन्‌ ।

जापान सरकारले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि लागू गरिएको गो टु ट्राभल अभियान स्थगित गर्ने घोषणा गरेको हो । जापानले देशभर गो टु ट्राभल र यससँग सम्वन्धित सबै कार्यक्रम डिसेम्बर २८ तारिखबाट जनवरी ११ सम्मको लागि स्थगत गर्ने प्रधानमन्त्री सुगाले घोषणा गरेका हुन ।

गो टु अभियान स्थगित घोषणा गर्दै प्रधानमन्त्री सुगाले भने देशभर कोरोना संक्रमणको गति बढ्दै जादा संक्रमणको जोखिम बढेको पाईएकोले गो टु ट्राभल अभियान केहि समयको लागि रोक्न बाध्य भएके बताएक थिए । नयाँ बर्षको संघारमा स्वास्थ्य संस्थाहरुमाथिको दबाव कम गर्न यस्तो निर्णय गरिएको प्रधानमन्त्री सुगाको भनाई थियो ।

कोरोना संक्रमित उपचार गर्ने स्वास्थ्य संस्थाको लागि सरकारले आवश्यक थप सहयोग गर्ने घोषणा गर्दै प्रधानमन्त्री सुगाले जनवरी ११ तारिखअघि कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णय गरिने बताउनु भएको जापानी समाचार संस्था एनएचकेमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार