
लण्डन, मंसिर २८ ।

यो बर्षको ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए । जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि जितेकी हुन् ।

यस्तै, विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनर अप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् । नेपालका प्रतियोगी अनुष्का श्रेष्ठले भने मल्टीमीडिया अवार्ड र ब्यूटी विथ पर्पोज अवार्ड हात पार्दै टप १२ सम्मको यात्रा तय गरेको थियो ।
बिश्व सुन्दरी प्रतियोगिता २०१९ का केही तस्वीरहरू :-






सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।
