ब्यूटी विथ प्रपोजसंगै अनुष्काको बिश्व सुन्दरीको यात्रा टप १२ मा रोकियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  794 पटक हेरिएको

बेलायत, मंसिर २८ ।

नेपालको प्रतिनिधित्व गर्दै बिश्व सुन्दरी प्रतियोगितामा सहभागी भएकि नेपाली चेलि अनुष्का श्रेष्ठको यात्रा टप १२ मा गएर रोकीएको छ । आज बेलायतको लण्डन शहरमा भएको फाईनल प्रतियोगितामा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथ प्रपोज’ विधामा अवार्ड हात पार्दै आफुलाई १२ स्थानमा उभ्याउन सफल भएकि छिन् । योसँगै उनले यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा २ वटा विधामा अवार्ड जितेकी छिन् ।

अनुष्का यस अघि नै ‘मल्टिमिडिया अवार्ड’ जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् । नेपालकी सुन्दरी अनुष्काले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो । गतबर्षको ‘विश्व सुन्दरी प्रतियोगीता’मा पनि श्रृङ्खला खतिवडाले यी दुबै टाइटल जितेकी थिइन् । अनुष्का विश्व सुन्दरी प्रतियोगीताको अन्तिम १२ सम्म पुग्न सफल भइन् ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार