नेपाली काग्रेसको १४ महाधिबेशन बिषेशः दोस्रो चरणको मतदान सम्पन्‍न, मतगणना १० बजेबाट शुरु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  247 पटक हेरिएको

काठमाडौँ, मंसिर २८ ।  

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । दिँउसो साढे ३ बजेपछि सुरु भएको मतदान राति साढे ९ बजे सम्पन्न भएको हो । महाधिवेशनमा कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ जनाले मतदान गरेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । सोमबारको मतदानमा भने चार हजार ६७९ प्रतिनिधिले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।

पहिलो चरणमा भएको मतदानमा देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य उम्मेदवार प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार