
धनुषा, मंसिर २८ ।

धनुषाको महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।
विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका थिए । घाइते दाहाललाई बीपी प्रतिस्ठान धरान ल्याउँदे गर्दा मृत्यु भएको हो ।
विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो । बम हो वा होइन भनी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरीटोली त्यहा पुगेको थियो प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो ।
अन्य ५ जना घाइतेहरुकाे उचपार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
