काठमाण्डौँ लगायत आसपासका क्षेत्रमा बर्षा, उच्चपहाडी भूभागमा हिमपात

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  966 पटक हेरिएको

काठमाडौं, मंसिर २७ ।

रारा ताल

मंसिर सकिनै लाग्दा देशभर हिउँदे झरी शुरु भएको छ । शुक्रबार बिहानदेखि राजधानी काठमाडाैं लगायत आसपासका क्षेत्रमा पानी पर्नुका साथै उच्चपहाडी भूभागमा हिमपात भएको छ।

बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबारदेखि विकसित मौसमी प्रणालीले विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

मुक्तिनाथ

नेपालको मनाङ्ग, मुस्ताङ्ग सहित उच्च भागमा रहेको रारा ताल आसपासको क्षेत्रमा पनि हिमपात परेको छ । हिमपात पछि नेपालको उच्च पहाडी भागको जनजीवन प्रभावित भएको छ ।

हुम्लासहित कर्णालीका उच्च हिमाली भाग, मुस्ताङ लगायतका क्षेत्रमा शुक्रबार बिहानैदेखि भारी हिमपात भइरहेका छन् । मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियम झरेको छ । तापक्रम घटेपछि यहाँका खोला तथा ताल जमेका छन् भने जनजीवन प्रभावित भएको छ ।

रारा ताल

राष्ट्रिय समाचार समिति (रासस) का अनुसार, हिमपातले डोटी, डोल्पालगायत क्षेत्रको जनजीवन पनि प्रभावित भएका छन् । पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपात भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ ।

रारा ताल

जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौंसहित दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज लगायत स्थानमा वर्षा भएको छ । बिहान ८ः४५ सम्ममा सबैभन्दा धेरै धनगढीमा ४५ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा १४ र डडेल्धुरामा ६ मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंमा पनि शुक्रबार बिहान सामान्य वर्षा भएको छ ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार